जीतपुरसिमरा २२ मा एकीकृत समाजवादीको वडा कमिटी एमालेमा समाहित, माओवादीका वाईवाले छाडे पार्टी


eShilalekh

२४ कार्तिक २०८२, सोमबार १४:५६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २२ स्थित नेकपा एकीकृत समाजवादीको वडा कमिटी एमालेमा समाहित भएको छ ।

जीतपुरसिमरा २२ स्थित ढुकुवाबासमा सोमबार आयोजित कार्यक्रमकाबीच समाजवादीका वडा कमिटी अध्यक्ष अक्कलबहादुर पाख्रिनसहित ३५ जना एमालेमा समाहित भएका हुन् ।

एकीकृत समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि आफूहरु पुरानो घर एमालेमा फर्किएको उनिहरुको भनाई थियो । उनीहरुलाई एमाले मधेश प्रदेश सचिवालय सदस्य सुन्दर विकसहितका नेताले एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य एवम् जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, जिल्ला कमिटी सदस्य गीता घलेलगायतको उपस्थिती रहेको थियो ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको नेकपा माओवादी केन्द्रका शमशेर वाईवा पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्