एमाले मधेश प्रदेशको छैठौं बैठक सम्पन्न


eShilalekh

२७ कार्तिक २०८२, बिहीबार १९:४०

सिमराः नेकपा एमाले मधेश प्रदेशको छैठौं बैठक बिहीबार सम्पन्न भएको छ । बर्दिबासमा सम्पन्न बैठकले कार्तिक २९ गते हुने जिल्ला स्तरीय प्रदर्शनलाई ब्यापक बनाउन निर्देशन दिएको छ ।

संविधानको रक्षा र संसद पुर्नस्थापनको मागसहित एमालेले देशव्यापीरुपमा प्रदर्शन गरिरहेको छ । यसअघि देशभरका ७५३ पालिकामा एकसाथ प्रदर्शन गरेको एमालेले २९ गते जिल्ला स्तरीय प्रदर्शन गर्न लागेको हो ।

यसैगरी बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ । जेनजी आन्दोलनमा घुसपैठ गरी व्यक्तिका घर र सार्वजनिक सम्पतिमा क्षति पुर्याउनेलाई पहिचान गरी कानूनी दायरामा ल्याउन बैठकले माग गरेको मधेश सचिव मनोज पौडेलले जानकारी दिए ।

यसैगरी मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन जिल्ला कमिटीलाई निर्देशन दिने समेत बैठकले निर्णय गरेको छ ।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले नेता लिलानाथ श्रेष्ठ, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, सुमन प्याकुरेल, रामदयाल मण्डललगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्