एकता महिला भलिबलमा होली गार्डेन र पाथीभरा बिजयी

सिमराः सिमरामा जारी एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा होली गार्डेन इङ्लिस स्कुल पथलैया र पाथीभरा इङ्लिस स्कुल सिमरा बिजयी भएका छन् ।
एकता स्कुलमा भएको पहिलो खेलमा होली गार्डेनले मिसन एकेडेमीलाई २–१ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच रेशु घिसिङ घोषित भईन् ।

यसैगरी दोस्रो खेलमा पाथीभराले लोटस एकेडेमी सिमरालाई २–१ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच मञ्जु खड्का घोषित भईन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार सेन्ट जोन्स एकेडेमी र एक्स सर्भिसम्यान एकेडेमीबीच खेल हुनेछ । यसैगरी दोस्रो खेलमा एकता स्कुल र राष्ट्रिय सामुदायिक शिक्षा सदन डुमरवाना भिड्नेछन् ।






