पाथीभरा पुरुष भलिबलमा स्नो एपेक्स, लोटस र राष्ट्रिय विभूति बिजयी


eShilalekh

१७ मंसिर २०८२, बुधबार २०:४५

सिमराः सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल सम्पन्न भएका छन् । पाथीभरा स्कुलमा भएको खेलमा स्नो एपेक्स, लोटस एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बिजयी भएका छन् ।

पहिलो खेलमा स्नो एपेक्सले सिमरा पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच निरोज चौधरी घोषित भएका छन् ।

यसैगरी दोस्रो खेलमा लोटसले मिसन एकेडेमीलाई २–० को सोझो सेटमा हराएको हो । जेम्स चौधरी खेलको प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

तेस्रो खेलमा राष्ट्रिय विभूतिले एकता स्कुललाई पनि २–० को सोझो सेटमै पराजित गरेको हो । विभूतिका सिद्धान्त चौधरीले प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक पाथीभरा र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी भिड्नेछन् । यसैगरी दोस्रो खेल राष्ट्रिय विभूति र स्नो एपेक्सबीच हुने विद्यालयका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्