पाथीभरा पुरुष भलिबलः उपाधिका लागि एक्स सर्भिसम्यान र राष्ट्रिय विभूति भिड्ने

सिमराः चौथो पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन भिड्ने भएका छन् ।
सिमरामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै दुबै टिमले फाइनलमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा एक्स सर्भिसम्यानले अक्षरा पाठशालालाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच उत्कृष्ट रोमन घोषित भए ।
दोस्रो सेमिफाइन खेलमा राष्ट्रिय विभूतिले लोटस एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच कमल चौधरी घोषित भए ।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो हुने आयोजक पाथीभरा इङ्लिस स्कुलका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए ।





