टी-२० विश्वकप खेलाडी छनौट क्याम्पः आदिल छानिए, अनिल बाहिरिए

सिमराः भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघले तयारी सुरु गरेको छ । तयारीअन्तर्गत संघले २४ खेलाडीलाई छनौट क्याम्पका लागि बोलाएको छ ।
क्यानले आइतबार सार्वजनिक गरेको २४ खेलाडीको सूचीमा बाराका एक मात्रै खेलाडी महम्मद आदिल आलम अटाएका छन् । आलम छनौट टोलीमा पर्दा अघिल्लो पटक विश्वकप खेलेका अनिल साह भने बाहिरिएका छन् ।
अघिल्लो विश्वकपमा नेपाल साउथ अफ्रिकासंग १ रनले पराजित हुँदा अनिलले २७ रन बनाएका थिए । यसपटक भने अनिल विश्वकप खेल्ने तयारी टोलीको सूचीमा परेनन् ।
नेपाल प्रिमियर लिगको सिजन २ मा खेलाडीहरुले गरेको प्रदर्शनलाई समेत आधार बनाएर क्यानले २४ खेलाडी छनौट गरेको हो ।





