सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाहीः सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामनगर गाउँपालिका १ खैर्वाका ४० वर्षीय सञ्जय यादव रहेका छन्। उनी रामनगर गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।
स्थानीयवासीले बिहीबार बिहान सुदामा ब्यारेज क्षेत्रमा म.प्र.०३–०२प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार यादव बुधबार साँझ रामनगर ५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट गाउँपालिकाकै मोटरसाइकल लिएर घर फर्किने क्रममा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





