बारामा १० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ


eShilalekh

१६ पुष २०८२, बुधबार १२:४८

सिमराः बाराको सिम्रौनगढ क्षेत्रबाट प्रहरीले मंगलवार राति १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका ३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सई बालाराज गिरी र प्रहरीचौकी अमृतगन्जबाट असई विश्वराज कुशवाहाको नेतृत्वमा खटिएको संयुक्त टोलीले सिम्रौनगढ नगरपालिका ३ ब्रहमस्थान रामनगरबाट डाट गाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा १० किलो लागूऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले बताएका छन् ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्