वीरगन्ज महानगरपालिकाले थप्यो जाडो बिदा, विद्यालय पुस २० गतेदेखि सञ्चालन हुने


eShilalekh

१६ पुष २०८२, बुधबार १३:१७

वीरगन्जः वीरगन्ज महानगरपालिकाले शीतलहरका कारण तेस्रोपटक तीन दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो। यसअघि महानगरपालिकाले दुईपटक गरी पाँच दिन जाडो बिदा दिइसकेको छ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार पछिल्ला केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वार्षिक बिदाबाट कट्टा हुने गरी यहाँका सामुदायिक तथा संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो।

महानगरपालिकाका अनुसार आगामी पुस २० गतेदेखि विद्यालय पुनः सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्