नितनपुरमा इभी गाडी दुर्घटना: दम्पती घाइते


eShilalekh

१८ पुष २०८२, शुक्रबार १५:२५

सिमराः पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत बाराको नितनपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घनटनामा एक दम्पती घाइते भएका छन् । दुर्घटनामा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ६ निवासी ५५ वर्षीय संजय अग्रवाल र उनकी ५० वर्षीया श्रीमती प्रितिदेवी अग्रवाल घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका दुवै जनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १० नितनपुर चोकमा दुर्घटना भएको हो। सिमराबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०१४२ नम्बरको इभी गाडीले सोही दिशामा रोकिराखेको प्रदेश ०१–०२–००२ ख ०८५५ नम्बरको ट्रकलाई पछाडि ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीले इभी गाडी चालक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्