जनज्योती सहकारीद्धारा वृद्धाश्रममा खाद्यान्न हस्तान्तरण


eShilalekh

२० पुष २०८२, आईतवार २०:४२

पथलैयाः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबार जेष्ठ नागरिक वृद्धाश्रममा खाद्यान्न तथा फलफुल हस्तान्तरण गरेको छ ।

१६औं स्थापना दिवसको अवसर पारेर संस्थाले पथलैयामा रहेको वृद्धाश्रममा खाद्यान्न तथा फलफुल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भिमबहादुर केसी, व्यवस्थापक गिता कंडेल सापकोटालगायतका कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्