‘बारा प्याब्सन म्याराथन’ मा शुभारम्भ एकेडेमीका विवेक चौधरी प्रथम

सिमराः बाराको सिमरामा शुक्रबार आयोजित बारा प्याब्सन म्याराथनमा सिमरा शुभारम्भ एकेडेमीका विवेक चौधरी प्रथम भएका छन् । पाँच किलोमिटरको म्याराथन दौड २० मिनेटमा पूरा गर्दै चौधरी प्रथम भएका हुन् ।
दौडमा सेन्ट पिटर्स एकेडेमीका युनिक घिमिरे द्धितीय र ब्राईटर एकेडेमीका आशिष ओझा तृतीय भएका छन् । विजेता तथा उपविजेतालाई प्याब्सन बाराका अध्यक्ष राजु कार्की, शम्भु मण्डललगायतले पुरस्कार वितरण गरेका थिए ।
दौडमा सिमरा शुभारम्भ एकेडेमी, सेन्ट पिटर्स एकेडेमी, ब्राईटर एकेडेमी, प्रोगेस एजुकेसन एकेडेमी, बारा एकेडेमी, रोज एकेडेमी, शुभतारा इङ्लिस बोर्डिङ स्कुल, मोर्डन हाइ स्कुल, न्यू होजाईजन इङ्लिस स्कुलका ७५ विद्यार्थी सहभागी थिए । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाराले म्याराथनको आयोजना गरेको हो ।





