बारा-४ मा रास्वपाका रहबर अन्सारीको फराकिलो अग्रता

सिमरा: बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीले फराकिलो अग्रता कायम गरेका छन् ।
अन्सारीले चार हजार आठ सय ७३ मत पाउँदा कांग्रेसका श्यामबाबु गुप्ताले सात सय ९० मत ल्याएका छन् । एमाले उम्मेदवार किसान श्रेष्ठले सात सय ४१ मत ल्याएका छन् भने जसपा नेपालका सञ्जु साहले पाँच सय ९५ र नेकपाका अजय कुशवाहाले ८० मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार जितपुरसिमरा वडा नम्बर १ मा तीन हजार दुई सय ५४ खसेकाे मतमा रास्वपाले दुई हजार एक सय ९० मत प्राप्त गरेकाे छ । यसैगरी एमालेले दुई सय ३२ र काग्रेसले चार सय ८ मत प्राप्त गरेको छ ।






