प्रधानमन्त्री कप क्रिकेट: मधेसले पायो १६१ रनको लक्ष्य

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले २३/२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे ।
मधेसका लागि अरनिको यादवले तीन, प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह, आदिल आलम, पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक-एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मधेसले ५.३ ओभरमा दुई विकेट गुमाएर २७ रन जोडेको छ । ओपनरद्वय अनिल साह र मयन यादव १३/१३ रन बनाएर आउट भएका छन् । सुदूरपश्चिमका शेर मल्लले दुबै विकेट लिएका हुन् ।





