पारस खड्काले मैदानमै पुगेर हेरे जीतपुरसिमरा क्रिकेट कपको फाइनल


eShilalekh

२८ चैत्र २०८२, शनिबार १९:५८

सिमराः नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जीतपुरसिमरा क्रिकेट कप अन्तर्गतको फाइनल खेल मैदानमै पुगेर अवलोकन गरेका छन् । शनिबार जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदान पुगेर खड्काले सर्लाही र चितवनबीचको फाइनल खेल केहीबेर अवलोकन गरेका हुन् ।

वीरगन्जबाट धनुषा जाने क्रममा सेज क्रिकेट मैदान पुगेर सचिव खड्काले खेलाडी र आयोजकको हौसला बढाएका थिए । आयोजकलाई प्रतियोगिताको निरन्तरताका लागि सुझाव दिँदै सचिव खड्काले क्यानका तर्फबाट हुने सबै सहयोग गर्ने बताएका थिए ।

सचिव खड्कालाई प्रतियोगिता आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमलाल बम्जनले मायाको चिनो प्रदान गरे । खड्कासँग मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल साथमा थिए ।

प्रतिक्रिया दिनुहोस्