बर्दिवासमा जेठ ६ र ७ गते कांग्रेसको प्रदेश स्तरीय भेला हुने

बर्दिबासः नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ ६ र ७ गते बर्दिवासमा प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ । प्रदेश र स्थानीय तहलाई लक्षित गरी आयोजना गर्न लागिएको यो भेला सातै प्रदेशमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत मधेस प्रदेशको भेला बर्दिवासमा हुन लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा हुने प्रशिक्षण तथा भेलाको कार्यतालिका सार्वजनिक गरेका हुन् । मधेस प्रदेशको राजनीतिक र स्थानीय तहको वस्तुस्थितिलाई मध्यनजर गर्दै बर्दिवासमा हुने यस भेलाले पार्टीको नीति र आगामी रणनीतिबारे कार्यकर्तालाई सुसूचित गर्ने अपेक्षा गरिएको छ ।
तालिका अनुसार सातै प्रदेशका भेलाहरू वैशाख २६ गतेदेखि सुरु भई जेठ १५ गते सम्पन्न हुनेछन् । प्रतिष्ठानले यस भेलालाई मुख्यतया प्रदेश र स्थानीय तहको नेतृत्वलाई प्रशिक्षित गर्ने र पार्टीको नीतिगत स्पष्टता ल्याउने माध्यमका रूपमा लिएको छ। धनगढीबाट सुरु हुने यो अभियानको समापन लुम्बिनी प्रदेशको रुपन्देहीमा जेठ १५ गते हुनेछ ।
सुदूरपश्चिम प्रदेश: वैशाख २६ र २७ गते (धनगढी)
कर्णाली प्रदेश: वैशाख २८ र २ र ९ गते (सुर्खेत)
गण्डकी प्रदेश: वैशाख ३१ र जेठ १ गते (पोखरा)
बागमती प्रदेश: जेठ ४ र ५ गते (धुलिखेल)
मधेस प्रदेश: जेठ ६ र ७ (बर्दिबास)
कोशी प्रदेश: जेठ ८ र ९ गते (सुनसरीको लौकी)
लुम्बिनी प्रदेश: जेठ १४ र १५ गते (रुपन्देहीको तिलोत्तमा)







