कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समूहबीच विवाद


eShilalekh

४ जेष्ठ २०८३, सोमबार १४:२६

सिमरा: बाराको सदरमुकाम कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समूहबीच आपसी विवाद उत्पन्न भएको छ । विवाद चर्किंदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको छ ।

आफ्ना साथीलाई नियन्त्रणमा लिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी तथा मपुते (मङ्गलमुखी पुरुष तेस्रो लिङ्गी) हरूले जिल्ला प्रहरी कार्यालय बारा अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा केही आन्दोलनकारीहरूले सडकमा अर्धनग्न भएर प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरूले पक्राउ परेका व्यक्तिलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका थिए । केहीबेर जिल्ला प्रहरी कार्यालय अगाडिको सडक क्षेत्र तनावग्रस्त बनेको थियो ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । साथै, विवादको मुख्य कारण र घटनाको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्