बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगन्जबाट पक्राउ


eShilalekh

४ जेष्ठ २०८३, सोमबार १५:३२

वीरगन्जः पर्सा प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ११ का ४५ वर्षीय प्रमोद कुमार ठाकुर रहेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले ठाकुरलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र ९ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। उनी फैसला कार्यान्वयनको क्रममा फरार रहँदै आएका थिए।

पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्