रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ


eShilalekh

६ जेष्ठ २०८३, बुधबार १४:५७

चन्द्रनिगाहपुर: रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका ४ निवासी ३० वर्षीय अरुण जंग राई र चन्द्रपुर नगरपालिका ४ निवासी ३६ वर्षीय सन्देश कुशवार रहेका छन् । बा१७प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेपछि चेकजाँच गर्दा ६ दशमलव ३८० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषधसहित मोटरसाइकल र उनीहरूले प्रयोग गर्दै आएका दुई थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रुपा लाबुङका अनुसार पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्