पर्सामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १ का २४ वर्षीय प्रेमकुमार पटेल रहेका छन् ।
प्रहरीले वीरगन्ज महानगरपालिका १२ मुर्लीका दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको म.प्र०३–०३३प ८५१७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पटेललाई पक्राउ गरेको हो ।
वीरगन्ज १२ स्थित दिलबन्धु पेट्रोल पम्पको पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा प्रहरीले पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी हरिबहादुर वस्नेतले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






