बजारबाट डाबरको मह तत्काल फिर्ता गर्न सरकारको निर्देशन


eShilalekh

७ जेष्ठ २०८३, बिहीबार १५:३९

सिमराः सरकारले बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । बाराको जीतपुरसिमरा २३ स्थित डाबर नेपाल प्रालिद्वारा उत्पादित पाँच सय ग्रामको प्याकेटमा रहेको मह गुणस्तर मापदण्डअनुसार नभएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त कदम चालेको हो ।

विभागद्वारा जारी सूचनाअनुसार उक्त महको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको थियो । उत्पादकले यसको उपभोग गर्ने अवधि १८ महिना तोकेको भए तापनि उत्पादन भएको ६ महिनाभित्रै मह उपभोगका लागि अयोग्य ठहर भएको विभागले जनाएको छ ।

उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाबमोजिम उक्त ब्याचका सम्पूर्ण उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न, तथा यसको बिक्री वितरण नगर्न र नगराउनसमेत सम्बन्धित पक्षलाई कडा निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्