एकनाले भरुवा बन्दुकसहित घलान पक्राउ


eShilalekh

११ जेष्ठ २०८३, सोमबार १५:४९

बरथहवाः सर्लाहीको बरथहवामा सोमबार एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका २ सुकुम्बासी टोलका ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।

घलानलाई बरहथवा नगरपालिका १२ लौकट गाउँबाट भरुवा बन्दुक एक थान, बारुद करिब एक सय ग्राम र फलामको छर्रा ८० थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हीरापुरबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्