बारागढी गाउँपालिकाकी दलित महिला सदस्यको निधन


eShilalekh

११ जेष्ठ २०८३, सोमबार १७:५४

कलैयाः बारागढी गाउँपालिका वडा नं. २ की दलित महिला सदस्य रेखा देवी माझीको सोमबार बिहान निधन भएको छ । उनी ४७ वर्षकी थिइन् ।

माझी मधुमेहलगायत विभिन्न रोगबाट पीडित रहेको परिवारले जनाएको छ । राति घरमा सुतिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो ।

माझी २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट वडा नं. २ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै बारागढी गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालले शोक वक्तव्य जारी गर्दै माझीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

गाउँपालिकाले जेठ १२ गते अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्