बारामा लागूऔषध गाँजासहित एक महिला पक्राउ

सिमरा: बारा प्रहरीले बुधबार दिउँसो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारी की ४८ वर्षीया मित्रा देवी स्याङतान रहेकी छन् ।
अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्याङतानको कोठाबाट लुकाइछिपाइ राखिएको अवस्थामा चार किलो चार सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद लागूऔषध गाँजासहित स्याङतानलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरेशराज भट्टले जनाएका छन् ।







