पर्सामा नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


eShilalekh

१७ श्रावण २०८३, आईतवार १६:१५

सिमराः पर्सा प्रहरीले नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ का २८ वर्षीय निखिलसिंह राजपुत रहेका छन् ।

पीडित बालिका केही समयदेखि आरोपित राजपुतको घरमा काम गर्दै आएकी थिइन् ।

पक्राउ परेका युवकमाथि बालबालिकासम्बन्धी मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्