सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु


eShilalekh

१८ श्रावण २०८३, सोमबार १३:५९

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिका ४ गणेश चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका ५ लक्ष्मीपुरका ५० वर्षीय पञ्चलाल चौधरी रहेका छन् ।

सासापुरको गेला गाउँमा मजदुरी गर्दै आएका चौधरी बिहान करिब ७ बजे झरी परिरहेको समयमा साइकल चढेर सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार सडक छेउमा रोकिराखेको बसको अगाडिबाट बाटो काट्न खोज्दा उनलाई पछाडिबाट आउँदै गरेको मधेस प्रदेश–०३–००२ ख ११९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ ।

ट्रक तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्