पर्सामा लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

२० श्रावण २०८३, बुधबार १२:३३

सिमराः पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १३ का ४८ वर्षीय कृष्ण लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका ५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा सिमेन्टको बोराभित्र लुकाएको अवस्थामा दुई सय सात किलो लागूऔषध गाँजा बरामद भएको हो ।

बरामद गाँजा र पिकअपसहित चालकलाई नियन्त्रणमा लिई लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्