सिरहामा अवैध हतियारसहित तीन जना पक्राउ

सिरहाः सिरहा प्रहरीले लहान नगरपालिका २२ सलोखरीबाट ९ एमएमको पेस्तोल र म्यागेजिनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सबरजित दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास रहेका छन् ।
प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित जाँचका क्रममा सबरजितले लगाएको पाइन्टको दाहिने खल्तीबाट उक्त पेस्तोल फेला पारेको हो । घटनास्थलमा उनिसँगै रहेका गुरुदेव र संजयलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रमेशबहादुर पालले जनाएका छन् ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।







