पथलैया टाउन कपः दिव्यज्योती र हुलास एफसी बिजयी

सिमराः पथलैया दिव्यज्योती क्लब र हुलास एफसी पथलैयामा जारी टाउन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पथलैयास्थित थानीमाई खेल मैदानमा शुक्रबार जित निकाल्दै दुबै टोली अन्तिम आठमा प्रवेश गरेका हुन् ।
दिव्यज्योतीले बङकुल लामिडाँडा क्लबलाई ६-० र हुलासले थानीमाई एफसीलाई टाइब्रेकरमा २-१ ले पराजित गरेको हो । दिव्यज्योतीको जितमा रुपन मगर, रिजन तामाङ, रोहन तामाङ, नयन श्रेष्ठले गोल गरे ।
यता निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि हुलास र थानीमाईको खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा हुलासका अबि राई र आकाश तामाङले गोल गरे । थानीमाईका लागि सुमित परियारले एक गोल गर्दा सुमन कुईकेल र दिवस रानामगरको प्रहार हुलासका गोलरक्षक कृष्ण तामाङ बचाउ गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेलमा मिसन एकेडेमी र निजगढ एफसी भिड्नेछन् भने दोस्रो खेल चकरी क्लब र गोल्डेन ब्वाइजबीच हुनेछ ।
पथलैया टाउन एफसीको आयोजनामा जारी सिक्स-ए-साइड फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।







