सिमरा दुर्घटना अपडेटः घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार हुँदै


eShilalekh

२५ श्रावण २०८३, सोमबार १६:२७

सिमराः बाराको सिमरामा सोमबार दिउँसो भएको सवारी दुर्घटनाका घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार तीनै जना घाइतेको उक्त अस्पतालमा उपचार भईरहेको हो ।

घाइतेमध्ये दुई जना सिमरा र एक जना अमलेखगञ्जको रहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । घाइतेको नाम खुल्न बाँकी छ ।

पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत सिमरास्थित सिप्रदी ट्रेडिङ अगाडिको मुख्य राजमार्गमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार म.प्र. ०८–००१ ज ०००९ नम्बरको सुमोले प्रदेश ०२–०३–००९ प ६६७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्