फेटामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

कलैया: बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर सोमबार एक युवकको ज्यान गएको छ । फेटा गाउँपालिका- ७ कुकुरभुक्कास्थित स्थानीय रुप नारायण साह कानुको घरमा धार्मिक प्रयोजनका लागि साउन्ड सिस्टम जोड्ने क्रममा करेन्ट लागेर स्थानीय १८ वर्षीय गणेश साह तेलीको मृत्यु भएको हो।
प्रहरीका अनुसार धार्मिक कार्यमा पूजामा भजन-किर्तनको तयारी भइरहेको थियो । स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम सङ्कलन गरी खरिद गरेको साउन्ड सिस्टमको एम्पलीफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको हो ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको निधनले स्थानीय शोकमा डुबेका छन् ।







