रौतहटको लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता


eShilalekh

२६ श्रावण २०८३, मंगलवार १६:४८

रौतहटः रौतहटको देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका बालबालिका पानीमा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हनेमा देवाही गोनाही नगरपालिका–२ का शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्ला, शेख खुरसेदका १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरका १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।

स्थानियबासीले बालबालिका डुबेको खबर गरेलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारका लागि घटनास्थल पुगेर खोजी गरिरहेका छन् । उद्धारका लागि सशस्त्र प्रहरी सुरक्षा बेस देवाही र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्