पथलैया टाउन कपः आयोजक र चकरी क्वाटरफाइनलमा प्रवेश


eShilalekh

२७ श्रावण २०८३, बुधबार १९:४०

सिमराः आयोजक पथलैया टाउन एफसी र चकरी फुटबल क्लब दोस्रो पथलैया टाउन सिक्स–ए–साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पथलैयास्थित थानीमाई मैदानमा बुधबार सम्पन्न खेलमा जित निकाल्दै दुई टिम अन्तिम आठमा प्रवेश गरेका हुन् ।

अघिल्लो याता तय गर्ने क्रममा आयोजकले दुधौरा एफसीलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो ।

यसैगरी दोस्रो खेलमा चकरी एफसीले पथलैया दिव्यज्योती क्लबलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत बिहीबार मधेस स्पोर्ट्स र निजगढ एफसीबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्