११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा हुने


eShilalekh

२८ श्रावण २०८३, बिहीबार १९:१३

सिमराः ११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औं बोर्ड बैठकले ११औं राष्ट्रिय खेलकुदको मधेस प्रदेशमा गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताले कर्णालीमा हुने १०औं प्रतियोगिताको मिति तय गरेसँगै ११औं प्रतियोगिताको पनि स्थानका विषयमा निर्णय गरिएको बताए । गुप्ता राखेपको बोर्ड बैठकमा सहभागी थिए ।

बैठकले पटकपटक स्थगित हुँदै आएको १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद विकास परिषद्का प्रमुखहरु, राखेपका बोर्डका पदाधिकारी तथा सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्