नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना: बालकसहित तीन जनाको मृत्यु, १० भन्दा बढी घाइते


eShilalekh

२९ श्रावण २०८३, शुक्रबार १५:३४

रौतहट: रौतहटबाट धार्मिक यात्रामा गएका नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन् ।

भारतको प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन गरी नेपाल फर्किदै गरेको तीर्थयात्री सवार बस झारखण्डको कोडरमा ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार तीव्र गतिमा रहेको बस सडक किनारमा रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा १० वर्षीय बालक शिवम कुमार रहेका छन् । अन्य दुई जना मृतकको पहिचान खुल्न बाँकी छ । बसमा करिब ४५ देखि ५० जना तीर्थयात्री सवार थिए। दुर्घटनामा परेका १० जनाभन्दा बढीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्