जीतपुरसिमरा-१४ रजघट्टामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१४ रजघट्टास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ वीरगन्जको सहकार्यमा आयोजित उक्त शिविरमा किरण आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा विद्यालयका पाँच सय जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । जाँच गराएका विद्यार्थीमध्ये २४ जनामा समस्या देखिएको छ । आँखामा समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क औषधी वितरण गर्नुका साथै थप उपचारका लागि आवश्यक परामर्श दिइएको जानकारी डा. अमर केयालले दिए ।
किरण आँखा अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयहरूमा पुगेर यस्ता निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दै आएको छ । अस्पतालको सिमरास्थित सूर्य नेपाल अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तल्लो तल्लामा क्लिनिक समेत सञ्चालनमा रहेको छ ।







