रसुवा बाढीः बारा जिल्लाका १५ जना सम्पर्कविहिन


eShilalekh

११ भाद्र २०८३, बिहीबार १४:३९

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले रसुवामा आएको बाढीपश्चात बारा जिल्लाका १५ जना सम्पर्कविहिन भएको विवरण सार्वजनिक गरेको छ । कार्यालयले विभिन्न कार्यालयमा मार्फत सम्पर्कविहिन रहेको भनी जानकारीमा आएका १५ जना नाम सार्वजनिक गरेको हो ।

सम्पर्कविहिन हुनेमा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, प्राविधिक, चालकलगायत रहेका छन् । बेपत्ता भएका परिवारले बाढीपश्चात् उनीहरु सम्पर्कमा नआएको भन्दै जिल्लाको विभिन्न निकायमा जानकारी गराएका थिए ।

बाढीपश्चता उक्त क्षेत्रबाट बेपत्ता हुनुभएका, सम्पर्कमा नआउनुभएका व्यक्तिको विवरण तत्काल नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको नम्बरः ९८५५०४५४०३, ९८५५००७७७७

प्रतिक्रिया दिनुहोस्