परवानीपुरमा विद्युतीय गाडीको ठक्करबाट सात वर्षीय बालकको मृत्यु


eShilalekh

१६ भाद्र २०८३, मंगलवार १८:२९

सिमराः पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको परवानीपुरमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट मंगलबार एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका सात वर्षीय महम्मद ईशान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेडिसिटी बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि बाटो काट्दै गरेका बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्कालै बयोधा अस्पताल लगिएको थियो ।

प्रहरीले बालकलाई ठक्कर दिने ईभी गाडी र चालक वीरगन्ज महानगरपालिका-३२ का २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ। बालकको शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाइएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्