सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


eShilalekh

३१ भाद्र २०८३, बुधबार १२:४२

सिमराः नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले उकालो लागेको हो । यो वृद्धिसँगै सुन प्रतितोला तीन लाख एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यसको मूल्य तीन लाख एक सय रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला चार हजार ६ सय रुपैयाँमा बिक्री भएको चाँदी आज ८५ रुपैयाँले बढेर चार हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्