वीरगन्जमा भारतीय कारबाट हतियार र गोली बरामद

वीरगन्जः सशस्त्र प्रहरीले पर्साको वीरगन्जबाट हातहतियार, गोली र एउटा भारतीय कार बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-१५ स्थित वास्तुबिहार चोकमा रोकिराखेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कारबाट हातहतियार भेटिएको हो ।
विशेष सूचनाका आधारमा गएको सशस्त्र प्रहरीको टोलीले कारभित्र जाँच गर्दा बोरामा लुकाएर राखिएका दुईवटा कटुवा पेस्तोल, दुईवटा सिक्सर पेस्तोल र छ वटा गोली फेला सशस्त्र प्रहरीका सूचना अधिकारी एवं डीएसपी प्रकाश भट्टले जानकारी दिए ।
बरामद गरिएका पेस्तोल, गोली र कारलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। उक्त कार कसले र के कामका लागि ल्याएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।







