कोल्हबी नगरपालिकामा कांग्रेस विजयी


eShilalekh

७ जेष्ठ २०७९, शनिबार ००:०७

सिमराः बाराको कोल्हवी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काग्रेसका उम्मेदबार राम प्रसाद चौधरी र उपप्रमुखमा लक्ष्मी कुमारी चौधरी बिजयी भएका हुन् ।

एघार वटा वडा रहेको कोल्हबीमा चौधरीले नौ हजार एक सय पाँच मत प्राप्त गरेका छन् । । त्यसैगरी यसअघि नगरप्रमुख रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका भरत बहादुर भण्डारीले आठ हजार तीन सय सात मत पाएका छन् ।

त्यसैगरी उपनगरप्रमुखमा काग्रेसकै लक्ष्मी कुमारी चौधरी नौ हजार अठासी मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनले आठ हजार चार सय ८३ मत प्राप्त गरेकी एमाले उम्मेदवार सुनाईना थरुनीलाई पराजित गरेकी हुन् ।

८४८३ मत ल्याएर पराजित भएकी हुन । मओवादीकी पावर्तदेवी थरुनीले २३३४ मत ल्याएकीछन । जसपाकी सुमिन्त्री चौधरीले ३४०, लोसपाकी प्रमिला चौधरीले १५२, राप्रपाकी बिन्दुखान ठकुरीले १४९ र सुशासन पार्टीकी गंगादेवी चौधरीले ७० मत ल्याउन सकिन ।

बारा कोल्हवी नेपाली काग्रेसले पाँच, नेकपा एमालेले पाँच र माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्