वीरगन्जका एक युवकसहित दुई जना काठमाडौंबाट पक्राउ, स्रोत नखुलेको ३२ लाख भेटियो


eShilalekh

१ आश्विन २०८३, बिहीबार १४:३४

सिमराः प्रहरीले वीरगन्जका एक युवकसहित दुई जनालाई काठमाडौंको किम्ची रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महतो र अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुषाल रहेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्