मधेस प्रदेशसभा सदस्य खातुनको निधन

रौतहटः नेकपा एमालेकी मधेस प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहट क्षेत्र नम्बर ३ बाट एमालेको समानुपातिक तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएकी खातुनको बुधबार राति वीरगन्जको नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुर दोस्तिया निवासी खातुनको अचानक शरीरमा चिनीको मात्रा (सुगर) बढेपछि थप उपचारका लागि वीरगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा निधन भएको हो ।







