अमलेखगञ्जमा जलेको अवस्थामा एक पुरुषको शव फेला


eShilalekh

२ आश्विन २०८३, शुक्रबार १६:५४

सिमराः बाराको अमलेखगञ्जमा शुक्रबार दिउँसो एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित दुई नम्बर पुल नजिक ४७ वर्षीय बीरबहादुर स्याङ्तानको शव जलेको अवस्थामा फेला परेको हो ।

बिहीबार बिहानदेखि बेखबर रहेका स्याङ्तानको खोजी गर्ने क्रममा स्थानीयले जलेको अवस्थामा शव भेटेका हुन् । शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगेको छ ।

घटनास्थल पुगेका बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पुरुषको शव जलेको अवस्थामा फेला परेको पुष्टि गरेका छन् । उनले शवको शल्यपरीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।

परिवारसहित काठमाडौंमा बसोबास गर्दै आएका स्याङ्तान केही दिनअघि अमलेखगञ्ज आएका थिए । उनी बिहीबार बिहान विश्वकर्मा पुजाको प्रसाद खाएपछि बेखबर थिए ।

प्रतिक्रिया दिनुहोस्