जनकपुरमा घरमा आगलागी हुँदा पूर्वशिक्षकको मृत्यु


eShilalekh

४ आश्विन २०८३, आईतवार १०:३२

जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका-८ स्थित रामानन्दचोकमा रहेको एक घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा महोत्तरी नगरपालिका-२ घर भई हाल जनकपुरमा बस्दै आएका ७० वर्षीय पूर्वशिक्षक किशोरी सहनी रहेका छन् ।

स्थानीयका अनुसार शनिबार राति परिवारका सबै सदस्य सुतिरहेको अवस्थामा एक्कासि आगलागी भएको थियो । आगलागी भएपछि परिवारका अन्य सदस्यहरू भागेर ज्यान बचाउन सफल भए पनि सहनी भाग्ने क्रममा लडेपछि आगोमा परेका थिए ।

प्रहरीले विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्