मोटरसाइकलबाट खसेर घाइते भएका सहनीको उपचारका क्रममा मृत्यु


eShilalekh

५ आश्विन २०८३, सोमबार १३:५४

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा असोज २ गते भएको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय राजु सहनी रहेका छन् ।

सहनीको काठमाडौंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । रमौलीबाट जीतपुरको मेला तर्फ आउँदै गरेको मोटरसाइकलबाट खसेर सहनी घाइते भएका थिए । चोट गम्भीर देखिएपछि उनलाई तत्कालै काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो ।

स्थानीयका अनुसार बाटोमा अचानक सर्प देखेर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ । चालकले आत्तिएर मोटरसाइकल हुत्याउँदा पछाडी सवार सहनी सडकमा पछारिएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्