एआईजी शाहले गरे प्रदेश ट्राफिक कार्यालयको निरीक्षण


eShilalekh

६ आश्विन २०८३, मंगलवार २२:०९

सिमराः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) एवम् कार्यदक्षता मूल्याङ्कन समितिका संयोजक सिद्धीबिक्रम शाहले मंगलबार बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।

पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपलब्ध स्रोत साधन र ट्राफिक व्यवस्थापन सम्बन्धी कामको शाह नेतृत्वको टोलीले निरीक्षण गरेको हो । अनुगमन तथा मूल्याङ्कनका लागि निरीक्षणमा आएका एआईजी शाहले कार्यालयमा वृक्षरोपण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई कर्तव्यपालना र सेवा प्रवाह सुधारका विषयमा आवश्यक निर्देशन दिएका थिए ।

टोलीमा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीलगायत थिए । टोलीलाई नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर, वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट, ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्