जीतपुरबाट ८० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ


eShilalekh

९ आश्विन २०८३, शुक्रबार १२:३९

सिमराः सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका-५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका-१४ का १८ वर्षीय राजन पासवान रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको प्र.२-०३-००९प ३७५६ नम्बरको मोटरसाइकल उनीहरु सवार रहेका थिए ।

सशस्त्र पहरी बलको नेपाल इन्टेलिजेन्स व्यूरोको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्