कोल्हबीमा करेन्ट लागेर एक बालकको मृत्यु, चार जना घाइते


eShilalekh

९ आश्विन २०८३, शुक्रबार १५:१२

सिमरा: बाराको कोल्हबीमा शुक्रबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका-३ जुगुवाका १० वर्षीय बालक आकाश रामको मृत्यु भएको हो । उनलाई टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको हो ।

बालकलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालकलाई करेन्ट लागेको अवस्थामा छुट्याउन गएका अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेमा बालककी हजुरआमा ७० वर्षीया एतबरिया राम, मृतककी दिदी १२ वर्षीया निलम राम, स्थानीय फुलकुमारी राम र ४१ वर्षीय अनिता शर्मा रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । घाइतेको कोल्हबीस्थित तामागढी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्