मधेससहित चार प्रदेशमा तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


eShilalekh

१० आश्विन २०८३, शनिबार १७:२७

सिमराः वर्षासँगै देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी चलिरहेको र यो क्रम थप बढ्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ठूलो हावा चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिसमेत ती चार प्रदेशमा तीव्र हावा चल्ने सम्भावना रहेको छ। पछिल्लो तीन दिनदेखि देशका विभिन्न भागमा भइरहेको वर्षाको क्रम आइतबारसम्म कायम रहने पूर्वानुमान गरिएको छ। यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आइतबार दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ।

हावाहुरी तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन विभागले विशेष अनुरोध गरेको छ। कमजोर संरचना, घरका टिनका छाना तथा रूखमुनि नबस्न र मौसमसम्बन्धी ताजा सूचना तथा पूर्वानुमानमा निरन्तर ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्